सरकार र शिक्षक महासंघबीच बुधबार भएको सहमतिप्रति असन्तुष्टी जनाउँदै विद्यालय कर्मचारी परिषद्ले विरोध जनाएको छ।
सरकार र महासंघबीच बुधबार भएको सहमतिबारे जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा विद्यालय कर्मचारीहरूले असन्तुष्टि जनाउँदै महासंघ नेतृत्वमाथि नाराबाजीसमेत गरे। विद्यालय कर्मचारीहरूले आफूहरूको माग समावेश नगरेको भन्दै प्रश्न उठाएका थिए।
आफूहरूको माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारीहरूले असन्तुष्टि जनाएको महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन्।
प्रकाशित: १८ वैशाख २०८२ १५:०६ बिहीबार