राजनीति

माउन्ट एभरेस्टसँग सगरमाथाको कुनै लिनुदिनु छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले एभरेस्टसँग सगरमाथाको कुनै लिनुदिनु नभएको जिकिर गरेका छन्। बिहीबार (आज) कोशी प्रदेशको लगानी सम्मेलनलाई सम्बोधन गर्न विराटनगर पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘माउन्ट एभरेस्ट भनेर सगरमाथाको नाम जसको नाममा राखियो। एउटा ब्रिटिस एभरेस्ट व्यक्ति हुन्। ती व्यक्तिले सगरमाथा होइन, ल्होत्सेचाहिँ अग्लो छ भनेर हिसाब निकालेका थिए। तर, उनका नाममा सगरमाथा माउन्ट एभरेस्ट किन राखियो ? त्यो बुझिनसक्नु छ,' प्रधानमन्त्री ओलीले भने।

उनी सगरमाथा चढेको व्यक्ति पनि नभएको प्रधानमन्त्री ओलीको भनाइ छ। 'उनले त्यो सबैभन्दा अग्लो हिमाल भनेर पत्ता लगाएका हुन् ? त्यो पनि होइन। उनले त अर्को हिमाल अग्लो हो भनेका थिए। हामीले फेरि माउन्ट एभरेस्ट भनिरहने पनि होइन। एभरेस्टसँग सगरमाथाको कुनै लिनुदिनु छैन। त्यसकारण त्यो नक्कली नाम हो,' उनले भने।

प्रकाशित: १८ वैशाख २०८२ १३:५२ बिहीबार