नेकपा (एमाले) का सांसद सूर्य थापाले आलोचकहरूलाई 'घाँस'को संज्ञा दिएका छन्। एमालेबाट नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तको प्रशंसा गर्दै थापाले उनका आलोचकहरूलाई घाँस भनेका हुन्।
'घाँसहरूले हुर्मत लिन खोजेका थिए, उहाँ (शिक्षामन्त्री) ले समाधान दिएर तिनलाई मुखतोड जवाफ दिनुभयो,' थापाले भनेका छन्।
फेसबूकमा लेखेका उनले अगाडि भनेका छन्, 'मन्त्री रघुजी पन्तको शैक्षिक उपाधि (डिग्री) को कुरा उठाउनेहरू मध्यरातियता मौन र नाजवाफ नै हुन पुगेका देखिन्छन्। काम गर्ने भिजन, नेतृत्व क्षमता, अनुभव र तरिकाले हो।'
शिक्षामन्त्री नियुक्त भएपछि आलोचकहरूले पन्तको शैक्षिक योग्यतामाथि प्रश्न उठाएका थिए। त्यसका प्रति लक्षित हुँदै थापाले उनीहरूलाई घाँस भनेका हुन्।
प्रकाशित: १८ वैशाख २०८२ ०८:२६ बिहीबार