राजनीति

भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले भेटे देउवा दम्पती

भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणालाई भेटेका छन्। बुधबार चौथाइवालेले सभापति देउवा र परराष्ट्रमन्त्री राणालाई देउवा निवासमा भेटेका हुन्। 

भेटमा नेपाल-भारत सम्बन्धको विस्तृत पक्षहरूको समीक्षा गरेको बताइएको छ। त्यस्तै पुरानो साझेदारीलाई अझ बलियो बनाउने उपायहरूबारे छलफल गरेको बताइएको छ।

त्यसअघि चौथाइवालेल गृहमन्त्री रमेश लेखकसँग पनि भेटवार्ता गरेका थिए। 

प्रकाशित: १७ वैशाख २०८२ १७:३४ बुधबार