राजनीति

रेशम पक्राउपछि सुमनाले भनिन्- राज्य लाग्यो भने कतिसम्म लाग्छ भन्ने उदाहरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउलाई 'राज्य लागेको' रूपमा अर्थ्याएका छन्।

चौधरी पक्राउ परेपछि उनले फेसबूकमा लेखेका छन्, 'राज्य लाग्यो भने कतिसम्म लाग्छ भन्ने उदाहरण। रूल अफ ल वा रूल बाइ लअ- के लाग्छ तपाईंहरूलाई ?'

उनले विभिन्न प्रकरणबाट आरआरआर भर्सेस ओली-देउवा भएको बताएका छन्। रवि लामिछाने, रवीन्द्र मिश्र र रेशम चौधरीको नाम उल्लेख गर्दै उनले यस्तो भनेका छन्। 'यस्ता पात्र कति मात्र छन् होला हाम्रो नेपालमा। अधिनायकवाद तानाशाही सरकार,' उनले भनेका छन्।

चौधरी आज मात्रै नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका छन्।

प्रकाशित: १७ वैशाख २०८२ १६:२२ बुधबार