सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्ममा आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन हुने बताएका छन्।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि संचारकर्मीसँग कुराकनी गर्दै उनले यस्तो बताएका हुन्। उनले महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग शिक्षामन्त्रीको वार्ता सकारात्मक भएको जानकारी पाएको बताए।
‘शिक्षा मन्त्रीज्यूले वार्ता गर्नुभएको छ केही कुरा निष्कर्षमा पुगेको जस्तो लाग्छ मलाई। भोलि वा पर्सिसम्ममा शिक्षकहरूले उठाएका मागबारे सहमति हुन्छ।’ उनले भने।
प्रकाशित: १५ वैशाख २०८२ २१:४९ सोमबार