राजनीति

राप्रपा नेताहरूले भेटे सुवेदी र मगर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेताहरूले नेताद्वय नवराज सुवेदी र बलाराम घर्तीमगरलाई भेटेका छन्।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार नेताहरूले आज उनीहरूको घर नै पुगेर नेताद्वव सुवेदी र घर्तीमगरलाई भेटेका हुन्। उनले भने, 'भेटका क्रममा उहाँहरूको लामो राजनीतिक अनुभव सुन्ने, राजसंस्था पुनर्स्थापना आन्दोलनको आगामी कार्यदिशा र समसामयिक राजनीतिबारे विमर्श गर्ने, विगत, वर्तमानका बारेमा रोचक कुराकानी भयो।'

भेटका क्रममा सुवेदीले आफू नजरबन्दमा रहेको अनुभव सुनाएको प्रवक्ता श्रेष्ठले भने। 'संयुक्त आन्दोलन समतिकिा संयोजक रहनुभएका उहाँ ८७ वर्षको उमेरमा नजरबन्दमा बस्ने सम्भवत: विश्वको पहलिो राजनीतिक व्यक्त हुनुहुन्छ,' उनले भने।

प्रकाशित: १३ वैशाख २०८२ १७:११ शनिबार

#Nawaraj Subedi