राजनीति

अध्यक्ष भट्टराईसहित नयाँ शक्तिका नेताहरू भारत जाँदै

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराई आज (शनिबार) छिमेकी राष्ट्र भारत जाँदै छन्। नयाँ शक्ति पार्टीकी उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार उनी आज दिउँसो १ बजेको उडानमार्फत भारत प्रस्थान गर्नेछन्। 

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अतिथिको रूपमा सहभागी हुन भारत जान लागेका हुन्। अधिवेशन भोलि आइतबारदेखि भारतको फरिदाबादमा हुँदैछ। 

अध्यक्ष भट्टराईसँगै नयाँ शक्ति पार्टीकी उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी यमी भट्टराई र पार्टीका सचिव एवं प्रवास प्रदेशअन्तर्गत भारतका इन्चार्ज सन्देश कार्की पनि भारत जाँदै छन्।

प्रकाशित: १३ वैशाख २०८२ १२:३१ शनिबार