राजनीति

चिकित्सकको माग तत्काल पूरा गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र न्यायोचित ड्युटी आवरको माग तत्काल पूरा गर्न सरकारसँग माग गरेको छ।

रास्वपाको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागले बिहीबार विज्ञप्ति जारी गर्दै चिकित्सकहरूको आन्दोलनले आम नागरिकको स्वास्थ्य सेवा प्रभावित भएको र सरकारको उदासीनताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा चिकित्सा शिक्षा आयोगको १६औं बैठकले गरेको सरकारी र निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरू (एम.डी./एम.एस./एम.डि.एस.) को निर्वाह भत्ता आठौं तहको चिकित्सकसरह ४८,७३७ रुपैयाँ कायम गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न माग गरिएको छ।

“सामाजिक न्यायको सिद्धान्त र समयसापेक्ष मागलाई सम्मान गर्दै आवासीय चिकित्सकहरूको माग अबिलम्ब पूरा गर्न सरकार जिम्मेवार हुनुपर्छ,” रास्वपाको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागकी प्रमुख डा. तोसिमा कार्कीले जारी विज्ञप्तिमा उल्लेख गरेकी छन्।

रास्वपाले लामो समयदेखि आन्दोलनरत चिकित्सकहरूको मागप्रति सरकारको बेवास्ताले स्वास्थ्य सेवा प्रभावित भएको ठहर गरेको छ।

प्रकाशित: ११ वैशाख २०८२ २०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App