राजनीति

प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधिसभामा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसदमा सम्बोधन गर्ने भएका छन्। 

बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले समसामयिक विषयमा सम्बोधन गर्न लागेका हुन् ।

शुक्रबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ । अधिवेशनबाट बजेट मात्रै नभई विद्यालय शिक्षा विधेयक टुंग्याउने पनि सरकारको उद्देश्य छ।

प्रकाशित: ११ वैशाख २०८२ १४:३७ बिहीबार

#Parliment #KP Sharma Oli