राजनीति

गोरखा पुगेका दाहालले भेटे सहिद परिवार, भूकम्प स्मृति कार्यक्रममा सहभागिता हुने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल आज गोरखा नगरपालिका–१२, कुन्दुटारस्थित १० किलोमा आइपुगेका छन्।

अध्यक्ष दाहालले यहाँ सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गरेका छन्। दाहालले सहिद भिष्म कुमालको घरमा खाना समेत खाएका छन्। 

शुक्रबार भोलि बैशाख १२ गते बारपाकमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको १० वर्ष पुग्दाको अवसरमा आयोजना गरिने भूकम्प स्मृति कार्यक्रममा अध्यक्ष दाहाल सहभागी हुने कार्यक्रम रहेको छ।

प्रकाशित: ११ वैशाख २०८२ १३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App