राजनीति

सुमना भन्छिन्- राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुमना श्रेष्ठले राजीनामा शिक्षामन्त्रीको नभइ प्रधानमन्त्रीको आउनुपर्ने बताएका छन्।

'राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको। तर, 'त्यो पर्दैन' हैन त,' उनले फेसबूकमा लेखेका छन्।

सोमबार (आज) साँझ शिक्षामन्त्री विद्या भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएकी छन्। यसपछि सुमनाले यस्तो लेखेकी हुन्।

राप्रपालगायतका नेताहरूले पनि प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन्।

प्रकाशित: ८ वैशाख २०८२ २१:४५ सोमबार

#Sumana Shrestha