राजनीति

नेतृत्व विश्वासिलो भए गाह्रो काम पनि सजिलै सम्भव हुन्छ: उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेतृत्व विश्वासिलो भए गाह्रो काम पनि सजिलै सम्भव हुने बताएका छन्।

नेपाल परम्परागत  बौद्ध धर्मसंघ नेपाल बज्रयान महाविहार, लुम्बिनीले आइतबार बुद्ध जन्मभूमि लुम्बिनीमा  ञनेपाल बज्रयान महाविहारझ बनाउन सहयोग गर्ने दाताहरूलाई सम्मान गर्न क्षेत्रपार्टीमा  आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

लुम्बिनिमा विभिन्न देशको सहयोगमा संरचनाहरू बनेको चर्चा गर्दै बज्रयान महाविहार नेपालीहरूकै लगानी र नेतृत्वमा बन्नु सुखद् विषय भन्दै उनले विहार निर्माणका लागि सहयोग गर्ने सबैको प्रशंसा गरे।

'हामी सबैले के बुझ्नुपर्छ भने राम्रो काम गर्न गार्होचाहीँ हुन्छ । नेतृत्व राम्रो र विश्वासिलो भयो भने त्यो गार्हो काम पनि सम्भव हुन्छ भन्ने कुराबो एउटा उदाहरण यो विहार नै बनेको छ,' उपप्रधानमन्त्री सिंहले भने, 'राजनीतिक रूपका हेर्दाखेरी ०४६ सालको जनआन्दोलनमा सर्वोच्च कमाण्डर गणेशमान सिंहप्रति सबै दलहरूको विश्वास थियो । त्यही कारणले आन्दोलनलाई नेतृत्व गरेर सफलतामा पुर्याउनुभयो । सामाजिक, धार्मिक कार्यहरूमा पनि कुनै काम सुसम्पन्न गराउनका लागि विश्वास जितेको नेतृत्व भयो भने काम राम्रोसँग फत्ते हुन्छ ।'

प्रकाशित: ७ वैशाख २०८२ १८:२० आइतबार