राजनीति

लिङ्देनसहितका नेता पक्राउ परेपछि राप्रपाको आकस्मिक बैठक सुरु

अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता पक्राउ परेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को आकस्मिक पदाधिकारी बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ। आइतबार दिउँसो सिंहदरबारमै प्लेकार्डसहित नाराबाजीमा उत्रिएपछि लिङ्देन, उपाध्यक्ष बुद्धीमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको थियो।  

उनीहरुलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा ल्याएर राखिएको छ। उनीहरु पक्राउ परेपछि राप्रपाले बानेश्वरमा निषेधित क्षेत्र तोड्ने कार्यक्रम रोकिएको थियो। त्यहाँ पुगेका शीर्ष नेताहरु धुम्बाराही पुगेर आकस्मिक पदाधिकारी बैठकमा जुटेका छन्।  

नेतालाई धरपकड गरेपछि थप आन्दोलन र संघर्षका बारेमा छलफल गर्न पार्टीको शीर्ष पदाधिकारीको आकस्मिक बैठक बस्नुपरेको राप्रपाले जनाएको छ।

प्रकाशित: ७ वैशाख २०८२ १७:३२ आइतबार

#rastriya prajatantra party #Rajendr ligdan #Gyanendra Shahi