राजनीति

शिक्षकलाई राप्रपाको डर, आज बिहानै प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आज प्रदर्शन गर्दै छ। राप्रपाले आज काठमाडौंको बिजुली बजारमा प्रदर्शन गर्न लागेको हो।

प्रदर्शनलाई हिंसात्मक हुन नदिनका लागि काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सिंहदरबार, संसद भवन, माइतीघर मण्डला, बालुवाटार, राष्ट्रपति भवनलगायतका निषेधित क्षेत्रहरूमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ। यता राप्रपाले भने बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने घोषणा गरेको छ।

राप्रपाको प्रदर्शनले गर्दा शिक्षकहरूको प्रदर्शन भने प्रभावित भएको छ। चैत २० गतेदेखि शिक्षकहरू सोही क्षेत्रमा प्रदर्शन गर्दै आएका छन्। शिक्षकहरूले मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सो क्षेत्रमा प्रदर्शन गर्दै आएका छन्। तर आइतबार भने शिक्षकहरूले बिहानै प्रदर्शन सकाएका छन्। मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म प्रदर्शन गर्ने शिक्षकहरूले आइतबार भने बिहान ११ बजे नै प्रदर्शन सकेर फर्किएका छन्। 

यो पनि पढ्नुहोस्

हामी जे गर्छौं भनेरै गर्छौं, सरकारले नडराए हुन्छ : राप्रपा अध्यक्ष लिङ्देन

प्रकाशित: ७ वैशाख २०८२ ११:३२ आइतबार

#Teacher Protest #RPP Pradarsan