राजनीति

प्रधानमन्त्रीको दाबी: कानुन भन्दा माथि कोही छैन भन्ने कुरा सरकारले बताउँदै छ

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कानुनभन्दा माथि कोही छैन भन्ने मान्यता स्थापित भएको दाबी गरेका छन्।  पूर्व–पश्चिम राजमार्गको गोन्द्राङ–पुलचोक ६ लेन सडकको उद्घाटन गर्दा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

‘अहिले एउटा मान्यता स्थापित भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘जोसुकै होस्–कानुन तोड्छ, देशमा विध्वंस मच्चाउन खोज्छ, संविधान विपरीतका क्रियाकलाप गर्छ वा आपराधिक क्रियाकलाप गर्छ भने कोही पनि कानुनभन्दा माथि हुन सक्दैन।’ 

वर्तमान सरकारले कोही पनि कानुनभन्दा माथि छैन भन्ने कुरा बताइरहेको  पनि उनले बताए। उनले भने, ‘यसमा मैले धेरै केही भन्नुपर्दैन। शान्ति सुरक्षा, भ्रष्टाचार नियन्त्रणमा दृढताका साथ गरिनेछ।’

प्रकाशित: ६ वैशाख २०८२ १६:३५ शनिबार

#KP Sharma Oli