राजनीति

कांग्रेसलाई माओवादी नेताको ‘अफर’: ओली प्रवृत्ति अस्वीकृत भइसक्यो, सरकार बनाउन सहयोग गर्छौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तारूढ नेपाली कांग्रेस नेतृत्वमा सरकार बनाउन ‘अफर’ गरेको केही दिनमै माओवादीकै अर्का नेताले पनि त्यही बोलीमा मिसिएका छन्। माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले शनिवार देशले ‘केपी ओली प्रवृत्तिलाई अस्वीकार’ गरिसकेको टिप्पणी गर्दै कांग्रेसलाई अफर गरेका हुन्। 

‘जनताको चाहना यो सरकारको परिवर्तन पनि हो। सँगै ०८४ सम्म माओवादी सरकारमा जानु हुँदैन भन्ने जनधारणा पनि छ’, उनले भने, ‘तर, कांग्रेस जिम्मेवार भएर सरकारको नेतृत्व गर्न तयार भए हामी समर्थन गर्छौँ।’ यद्यपि माओवादी सरकारमा सामेल नहुने उनले दाबी गरे। 

अहिले कांग्रेसले जिम्मेवार दलको भूमिका निर्भर गर्न नसक्दा देशमा अझै निराशा बढेको बताउँदै उनले त्यसमा सचेत हुन पनि कांग्रेसलाई सुझाए।  

प्रकाशित: ६ वैशाख २०८२ १५:४७ शनिबार

#Nepali Congress #KP Sharma Oli # CPN Maoist Center #Haribol Gajurel