राजनीति

सङ्घीयता खारेजीका लागि राप्रपाले विचार मिल्ने दल गुहार्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सङ्घीयता खारेजीका लागि मुद्दा र विचार मिल्ने दल गुहाल्ने निर्णय गरेको छ।

बिहीबार (आज) बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

'संवैधानिक राजसंस्था, हिन्दुराष्ट्रको पुनर्स्थापना, सङ्घीयताको खारेजी लगायतका मुद्दाहरूमा समर्थन जुटाउन सबै पक्षसँग छलफल र अन्तरक्रियाका कार्यक्रमहरू सञ्चालन गर्ने,' बैठकको निर्णयमा भनिएको छ।

प्रकाशित: ४ वैशाख २०८२ १९:२९ बिहीबार

#raprapa