राजनीति

रास्वपाले तोक्यो प्रदेश इन्चार्ज, कहाँ को ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट प्रदेश इन्चार्ज तोकेको छ।

बिहीबार (आज) बसेको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जहरू तोकेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

'प्रादेशिक कमिटीहरूलाई अझै सशक्त बनाउँदै जिल्ला कमिटीहरूलाई अझै धेरै सक्रिय बनाउने उद्देश्यले प्रदेश इन्चार्ज तोकिएको हो,' झाले भने।

कुन प्रदेशमा को ?

कोशी प्रदेश : सन्तोष परियार  

मधेस प्रदेश : मनीष झा

बागमती प्रदेश : लीमा अधिकारी

गण्डकी प्रदेश : शिशिर खनाल

लुम्बिनी प्रदेश : विपिनकुमार आचार्य

कर्णाली प्रदेश : गणेश पराजुली

सुदूरपश्चिम प्रदेश : हरि ढकाल

प्रकाशित: ४ वैशाख २०८२ १८:४२ बिहीबार

#Raswapa