राजनीति

रुपन्देहीमा दाहालको हिन्दीमा भाषणः ‘दुर्भाग्य से हमे सरकार से बाहर किया !’

नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ बिहीबार रुपन्देहीमा चलिरहेको छ। बिहीबार मर्चवार क्षेत्रमा खबरदारी सभा आयोजना भयो। यो क्षेत्र मधेसी र मुस्लिम बहुल्य क्षेत्र हो।  

यो क्षेत्र पुगेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिन्दी भाषामा आफ्नो भाषण दिएका छन्। झण्डै २० मिनेटको मन्तव्य उनले पूरै हिन्दीमा गरे।  

भाषणको सुरुवातमा दाहालले मर्चवार क्षेत्रमा आउने चाहना आफ्नो पुरानै रहेको बताए। ‘मर्चवार इलाकामे का मनसुवा बहुत साल पहले से था। लेकिन विविध कारण से वो सम्भव नही हो रहा था,’ दाहालले भने। मर्चबारमा पहिले नआए पनि त्यहाँको ऐतिहासिकता र किसान आन्दोलनबारे आफूलाई जानकारी रहेको दाहालले बताए।  

त्यसपछि मध्य तराईमा निर्माणाधीन हुलाकी राजमार्ग आफ्नै कारण निर्माण भइरहेको दाहालले दाबी गरे। ‘बहुत सालो से हुलाकी राजमार्गका निर्माण रुका हुवा था, जब मै दुसरी बार नेपालके प्रधानमन्त्रीके रुपमे भारत भ्रमणमे गया, तो मैने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी से गम्भीरता से बात कि–और आप लोगो ने जो समझदारी किया था, हुलाकी राजमार्ग बनाने मे भारत सरकार सहयोग करेगी। अगर आपका सहयोग करने की मनसुवा नही हे तो नेपाल सरकार बनाएगी,’ दाहालले भने।  

फेरि अर्को प्रसंगमा पनि दाहालले भारत भ्रमणलाई सम्झिए। उनले भने, ‘आपको पता हे, जब मै हिन्दुस्तानके भ्रमण मे था, प्रधानमन्त्री के तौर पे। हमारे बोर्डर एरियामे सहज वतावरण बनाने मे बहुत समझदारी हुई हे।’ सोही क्रममा भारत र बांग्लादेश बिचको विद्युत् सम्झौता पनि उनले सम्झिए। यस्तै चीन भ्रमणबारे कुरा गर्दै चीनसँगका सबै नाका खोल्ने विषयमा भएका सम्झौता पनि उनले त्यहाँ उल्लेख गरे।  

त्यसपछि दाहालले दुर्भाग्य भन्दै आफू राम्रो काम गर्दा गर्दै सरकारबाट बाहिर पठाइएको दाबी गरे। ‘लेकिन दुर्भाग्य से, ऐसा काम करते करते नेपाले वो लोग जो भ्रष्टाचार करते करते वो लोग मिलकर हमे सरकारसे जाने के लिए मजबुर किया,’ दाहालले भने,‘इसलिए ये हुलाकी राजमार्ग अभियानमे हमलोग मिलकर इन लोगोको खिलाप मे, भ्रष्टाचार के खिलाप मे, एक नइ क्रान्ति करने कि जरुरत हे।’

प्रकाशित: ४ वैशाख २०८२ १६:४७ बिहीबार

#pusapakamal Dahal