राजनीति

राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तलाई राप्रपाको ध्यानाकर्षण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

गत चैत १५ गतेको तीनकुने घटनालाई लिएर राप्रपाले उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण गराएको हो।

शुक्रबार (आज) राप्रपाको प्रतिनिधिमण्डलले उच्च आयोगको कार्यालय, ललितपुर पुगी एशिया प्यासिफिक क्षत्रेका मानवअधिकार अधिकृत रघु मेननलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

प्रकाशित: २९ चैत्र २०८१ २१:०६ शुक्रबार

#raprapa