राजनीति

नेकपा एसको जुम्ला कमिटी सर्वसम्मत चयन

नेकपा (एकीकृत समाजवादी) जुम्लाको अध्यक्षमा राजबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन्। जिल्ला कमिटीको नवौं जिल्ला सम्मेलनले खत्रीको अध्यक्षतामा ५४ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मतिबाट चयन गरेको हो।  

वरिष्ठ उपाध्यक्षमा जनक अधिकारी, उपाध्यक्षमा टेकप्रसाद धिताल, सचिवमा शंखबहादुर रोकाया, उपसचिवमा तेज बहादुर जिसि, उब्जी कार्की र लक्ष्मण सुनार चयन भएका छन्। 

पार्टीका केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वालाको उपस्थितिमा भएको सम्मेलनले पार्टीको संगठनात्मक पुनर्संरचना गर्ने र पार्टीका गतिविधिहरू अझ प्रभावकारी बनाउने प्रतिवद्वता जनाएको छ। 

प्रकाशित: २९ चैत्र २०८१ १९:३० शुक्रबार

#Jumla News #Nekapa ES