काठमाडौंमा हिंसा मच्चाएर फरार राजावादी आन्दोलनका कमाण्डर दूर्गा प्रसाईंलाई काठमाडौं ल्याउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिडभाड भएको छ।
प्रसाईंका समर्थकसहित सर्वसाधारण तथा सञ्चारकर्मीहरूको भिडभाड रहेको छ। उनलाई झापाको भद्रपुरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएर चन्द्रगढीबाट काठमाडौं ल्याउन लागिएको हो।
प्रकाशित: २९ चैत्र २०८१ १२:५५ शुक्रबार