राजनीति

रवीन्द्र र धवलशमशेरलाई रिहाइ गर्न राणाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपति शमशेर राणाले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणाको रिहाइको माग गरेका छन्। 

मङ्गलबार (आज) काठमाडौंको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले नेताद्वयको रिहाइको माग गरेका हुन्। 

'पार्टीका नेताद्वय रवीन्द्रजी र धवलशमशेरजीलाई रिहाइ गरियोस्,' उनले भने।

रिहाइ नगरिए आफूहरू थप सशक्त आन्दोलनमा उत्रिने पनि उनले चेतावनी दिए।

प्रकाशित: २६ चैत्र २०८१ १५:०७ मंगलबार

#Pashupati Shamsher rana