राजनीति

ओलीसँग भेटेपछि मोदीले लेखे- भारत नेपालसँगको सम्बन्धलाई अत्यन्त महत्त्व दिन्छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले नेपालसँगको सम्बन्धलाई अन्तन्त महत्त्व दिने बताएका छन्।

शुक्रबार (आज) बैंककमा नेपाली समकक्षी केपी शर्मा ओली भेटेपछि मोदीले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्- बैंककमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेट भयो। भारत नेपालसँगको सम्बन्धलाई अत्यन्त महत्त्व दिन्छ।

उनले आफूहरूले भारत-नेपाल सम्बन्धका विभिन्न पक्षहरूबारे छलफल गरेको पनि लेखेका छन्। 'विशेषगरी ऊर्जा, दुईदेशीय सम्बन्ध, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रमा कुराकानी भए,' मोदीले लेखेका छन्।

उनले बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त महत्त्वपूर्ण र सकारात्मक उपलब्धिहरूबारे पनि कुराकानी गरेको जानकारी दिएका छन्।

प्रकाशित: २२ चैत्र २०८१ १६:५४ शुक्रबार

#KP Sharma Oli #narendra_modi