राजनीति

रवीन्द्र र धवललाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले मिश्र र जबरालाई काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो। 

अदालतले मिश्र र जबरासहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतले अन्य ३० जनालाई चारदिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रकाशित: १७ चैत्र २०८१ १८:४९ आइतबार

#Rabindra Mishra