राजनीति

'राजावाहरूदीलाई आन्दोलनको नैतिकताबारे थाहा छैन, त्यसैले दुर्गा प्रसाईं कमान्डर छानिए'

राजनीतिक विश्लेषक केशव दाहाल।

राजनीतिक विश्लेषक केशव दाहालले आन्दोलनको आफ्नै नैतिकता हुने बताएका छन्।

तर, राजावादीहरूलाई त्यसबारे थाहा नभएको भनाइ दाहालको छ। उनी भन्छन्, 'आन्दोलनको आफ्नै गरिमा, निष्ठा र नैतिकता हुन्छ। राजावादीहरूलाई आन्दोलनको सौन्दर्य के थाहा ? सायद, उनीहरूलाई लाग्छ- आन्दोलन भनेको उद्दण्डता, अराजकता र हिंसा हो।'

आन्दोलनको कमान्डर दुर्गा प्रसाईं छानिनुमा पनि यही कारणले काम गरेको विश्लेषण दाहालको छ। 'त्यसैले यसको कमान्डर छानिए प्रसाईं। जसको कामै हो, चुतियागिरी गर्नु र मान्छे भड्काउनू,' उनले भनेका छन्।

चैत १५ को राजावादी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोड दुर्भाग्य भन्दै दाहालले भनेका छन्, 'आन्दोलनका नाममा भएको क्षतिको क्षतिपूर्ति आयोजकबाट भराऊ र हिंसाका ठेकेदारलाई हत्कडी लगाऊ।'

१५ गते काठमाडौंको तीनकुने केन्द्र बनाएर राजावादीहरूले प्रदर्शन गरेका थिए। त्यस क्रममा दुई जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते छन्। त्यहाँ केही गाडी तथा घर जलाइएका छन्।

प्रकाशित: १६ चैत्र २०८१ ०८:२७ शनिबार

#Keshab dahal