राजनीति

राजावादीको आन्दोलनमा तनाव, गणतन्त्रवादीको शान्तिपूर्ण

तस्बिरमा बायाँतर्फ गणतन्त्रवादीको आन्दोलन र दायाँतर्फ राजावादीको प्रदर्शन।

राजावादीको प्रदर्शनमा आन्दोलनकारीहरूले ढुङ्गामुढा गरेका छन्। तीनकुनेमा जारी आन्दोलनमा आन्दोलनकारीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ।

केही आन्दोलनकारी घाइते भएका छन्। 

यता भृकुटीमण्डपमा जारी गणतन्त्रवादीहरूको आन्दोलन भने अहिलेसम्म शान्तिपूर्ण छ। गणतन्त्रवादी दलहरूको आन्दोलन कोण सभामा गइसकेको छ।

अहिले समाजवादी मोर्चासम्बद्ध दलका प्रमुख नेताहरूले सम्बोधन गर्दैछन्।

प्रकाशित: १५ चैत्र २०८१ १३:५६ शुक्रबार

#Rajabadi Aandolan