राजनीति

कुलमानलाई बर्खास्त गरेकोबारे संसद्मा जानकारी गराउन माओवादीकाे माग

नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट  कुलमान घिसिङलाई हटाएको विषयमा संसदमा जानकारी गराउन माग गरेको छ।

बुधबार प्रतिनिधि सभामा माओवादी केन्द्रले सरकारले प्राधिकरणको कार्यकारी निर्देशकबाट  कुलमान घिसिङलाई किन हटाएको सो विषयमा संसद्लाई जानकारी गराउन माग गरेको हो।

प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका माओवादी सांसद शक्ति बस्नेतले घिसिङको बर्खास्ती गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताए। प्रधानमन्त्री जवाफ नआएसम्म संसद चल्न नदिने उनले बताए।

उनले घिसिङको बर्खास्ती बक्यौता उठाउन नदिने, जलमाफियाहरूको स्वार्थ पूरा गर्ने, विद्युत प्राधिकरणलाई बिचौलियाको हातमा सुम्पिने उद्देश्यमा आधारित रहेको बताए ।

प्रकाशित: १३ चैत्र २०८१ ११:४६ बुधबार

#Parliment Meeting #Mawobadi Center