राजनीति

एकदेखि दुई हप्ताभित्र रिजल्ट देखाउँछु : नवनियुक्त कार्यकारी निर्देशक शाक्य

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार सम्हालेका छन्।

चैत ११ गते नियुक्त भएका शाक्यले मङ्गलबार (आज) पदभार सम्हालेका हुन्। पदभार सम्हालेपछि उनले एकदेखि दुई हप्ताभित्र रिजल्ट देखाउने प्रतिबद्धता जाहेर गरेका छन्।

'अहिले उद्योगहरूमा मात्रै हो १२ देखि १४ घण्टा लोडसेडिङ भइरहेको, अब यो पनि हुँदैन,' उनले भने। उनले अबको समस्या लोडसेडिङ नभएको जिकिर पनि गरे। 'लोडसेडिङ इज नो मोर द इस्यू, इस्यु इज रिलाइबिलिटी,' उनले भने।

प्रकाशित: १२ चैत्र २०८१ १९:४० मंगलबार

#Hitendradev shakya