राजनीति

'जो नेता बर्बराइरहेका छन्, उनीहरूको भ्रष्टाचारका काण्डै-काण्ड छन्'

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले अहिले बर्बराइरहेका नेताहरूको काण्डै-काण्ड रहेको बताएका छन्।

'जो नेता अहिले बर्बराइरहेका छन्, उनीहरूको भ्रष्टाचारका काण्डै काण्ड छन्। शक्तिको आडमा दबाएर राखेका छन्,' महामन्त्री पाठकले आइतबार (आझ) साँझ सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

उनले थपेका छन्, 'भोलि शक्ति सन्तुलन फेरिनेछ। काण्डहरूको छानबिन हुनेछ। यिनले जेल जानुपर्नेछ। त्यसैले अहिल्यै बहाना बनाइरहेका छन्, विरोध गरेको आधारमै आफूमाथि प्रतिशोध साधियो भन्नलाई।'

राजा र राजावादीका सक्रियताका प्रति गणतन्त्रवादी नेताहरूको टिप्पणीको सन्दर्भलाई लिएर महामन्त्री पाठकले यस्तो लेखेका हुन्।

प्रकाशित: १० चैत्र २०८१ २१:३३ आइतबार

#Sharadraj Pathak