राजनीति

गिरिजाप्रसादको भरोसा र सुझाव कहिल्यै बिर्सिन्न, अन्तिमसम्म लड्छु: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त गर्दै उनको भरोसा र सुझावलाई नबिर्सिने बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै दाहालले कोइरालाको  भरोसा र सुझावलाई नबिर्सिने बताएका हुन्।

'नेपालको शान्ति सम्झौताका हस्ताक्षरकर्ता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका एक प्रमुख नेता दिवंगत गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धा एवं सम्मान प्रकट गर्दछु', उनले लेखेका छन्, 'उहाँले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाका लागि म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन। त्यसका लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्धतासहित उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु।'

प्रकाशित: ७ चैत्र २०८१ १७:२६ बिहीबार

#puspakamal dahal #Girijaprasad Koirala