राजनीति

थापाथली क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका खड्का विजयी

थापाथली क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका प्रह्लाद खड्का विजयी भएका छन्।

नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट उम्‍मेदवार बनेका खड्का स्ववियु अध्यक्षमा विजयी भएका हुन्। मतगणना सकिए पनि आधिकारिक घोषणा हुन भने बाँकी छ।

त्यस्तै स्ववियुको सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय र कोषाध्यक्ष नेविसंघका ऋषिकेश प्रजापती विजयी भएका छन्।

प्रकाशित: ५ चैत्र २०८१ १८:५३ मंगलबार