राजनीति

पूर्व विशिष्टलाई सुविधा दिँदा राज्य कोषमा भार पर्ने गरी दिइने छैन: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्टलाई दिँदै आएको सुविधाको बारेमा सरकार  गम्भीर रहेको बताएका छन्। 

सोमबार प्रतिनिधि सभामा बोल्दै उनले पूर्व विशिष्टलाई सुविधा प्रदान गर्दा राज्य कोषमा अनावश्यक भार पर्न नदिने र सरकार गम्भीर रहेको बताएका हुन्।

उनले भने, 'पूर्व विशिष्टलाई दिइने सुविधाको बारेमा मस्यौदा निर्माण भएको छ यसले कानुनको रूप लिन सकेको छैन। सरकारले कानुन नै नबनाई पूर्व विशिष्टलाई सेवा सुविधा दिँदै आएको छ। त्यसैले कानुन नै बनाएर अघि बढ्न लागिएको हो। यदि नदिने हो भने पनि यही सदनले नदिने भन्ने कानुन बनाउनुपर्छ। यस्तो खालको पूर्व विशिष्टलाई सुविधा प्रदान गर्दा राज्य कोषमा अनावश्यक भार पर्ने गरी दिइने छैन। यसमा सरकार गम्भीर छ।'

प्रकाशित: ४ चैत्र २०८१ १२:१९ सोमबार

#Ramesh lakhak