राजनीति

'राज्यसंयन्त्रको पार्टीकरण गरी उन्मुक्ति लिनेहरूलाई लोकतन्त्रको दुहाइ दिने नैतिक अधिकार छैन'

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्यसंयन्त्रको पार्टीकरण गरी उन्मुक्ति लिनेहरूलाई लोकतन्त्रको दुहाइ दिने नैतिक अधिकार नभएको टिप्पणी गरेका छन्।

'राज्यसंयन्त्रको पार्टीकरण गरी उन्मुक्ति लिनेहरूलाई अब लोकतन्त्रको दुहाइ दिने नैतिक अधिकार छैन,' अध्यक्ष थापाले बिहीबार (आज) साँझ सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

अगाडि उनले लेखेका छन्, 'नक्कली लडाकुको नाममा अर्बौँ भत्ता पचाउने, नक्कली भुटानी शरणार्थी काण्डमा देश लुट्ने, लाउडादेखि वाइडबडी जहाज पचाउने, एनसेल करछली काण्डमा अर्बौँ घुस खाने, बालुवाटार र गिरीबन्धुको जग्गा पचाउनेहरूलाई लोकतन्त्रको दुहाइ दिने नैतिक अधिकार छैन।'

प्रकाशित: २९ फाल्गुन २०८१ १८:३० बिहीबार

#Kamal Thapa