राजनीति

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने मेयर बालेनको अडान

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलाई जवाफी पत्र पठाएका छन् ।

मन्त्रालयले बुधबार आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन आग्रहसहित काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेको थियो। त्यसको जवाफी पत्र बिहीबार महानगरले मन्त्रालयलाई पठाएको हो।

पत्रमा साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर नगराउने अडान लिएका छन् ।

यो पनि पढ्नुहोस्

गुरागाईंलाई काम गर्न दिनु भन्दै सङ्घीय मामिला मन्त्रालयले पठायो महानगरलाई पत्र

‘यस्ता परियोजना सञ्चालन व्यवस्थापन गर्ने विषयमा निर्णय गर्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ उपदफा (२) (छ) र दफा ९७ तथा काठमाडौँ महानगरपालिका नगर सभाबाट स्वीकृत भएको साझेदारी तथा लगानी ऐन, २०७९ को दफा १७ बमोजिम गठित साझेदारी बोर्ड र नगर कार्यपालिकाको क्षेत्राधिकारको विषय हो’, पत्रमा भनिएको छ ।  

प्रकाशित: २२ फाल्गुन २०८१ १७:०९ बिहीबार

#Mayor Balen Saha #Saroj Guragain