प्रतिनिधि सभाको बैठक आज बस्दै छ। आज (बिहीबार) दिउँसो १ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ।
व्यवस्थापन कार्य अन्तर्गत आज उद्योगमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।
प्रकाशित: २२ फाल्गुन २०८१ ०७:३६ बिहीबार