राजनीति

उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा बस्दै

आज उच्चस्तरीय संयन्त्रको बैठक बस्दैछ। बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। बैठकमा पछिल्ला समसामयिक विषयमाथि छलफल हुने जनाइएको छ। 

उच्चस्तरीय संयन्त्रमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल छन्। काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा रहेका छन्। 

प्रकाशित: १६ फाल्गुन २०८१ ०९:५२ शुक्रबार