राजनीति

नेपालको शिक्षा प्रणालीमा अब परिवर्तन हुनुपर्छ : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा अब विद्यार्थीलाई पढाइ सँगसँगै रोजगारीको पनि अवसर सिर्जना गरिनुपर्नेमा जोड दिएका छन्।

नेपाल रिपब्लिक मिडिया लिमिटेडको आयोजनामा 'म नागरिक, म बनाउँछु नेपाल' कार्यक्रममा उनले अधिकांश विद्यार्थी रोजगारीको अवसर खोज्दै विदेश जान परिरहेको यथार्थ रहेको भन्दै नेपालमा पनि त्यस्तो अवसर प्रदान गर्नुपर्ने बताए। यसका लागि नेपालको शिक्षा प्रणालीमा परिवर्तन गर्नुपर्ने आवश्यक रहेको उनको जोड छ।

'विद्यार्थीलाई पढाइसँगै रोजगारी प्रदान गर्नको लागि नेपालको एजुकेशनल सिस्टममै चेन्ज ल्याउन जरुरी भइसकेको छ,' डा. कोइरालाले थपे, 'पढाइसँगै रोजगारीको अवसर खोज्न हरेक वर्ष ठूलो संख्यामा नेपाली विद्यार्थी विदेश गइरहेका छन्।'

कार्यक्रम जारी छ।

प्रकाशित: १२ फाल्गुन २०८१ १०:३९ सोमबार

#Nepal Republic Media #Shekhar Koirala