राजनीति

ओलीलक्षित नेपालको टिप्पणी: संविधान मिच्ने बानी परेका कानुन मिच्न अग्रसर छन्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार तानाशाही लाद्ने कुचेष्टामा लागेको आरोप लगाएका छन्। शुक्रवार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। 

‘हाम्रो देशमा जुन सरकार अहिले शासन सञ्चालन गरिरहेको छ। त्यो बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौती दिँदै दुई दलीयको नाउमा एक दलीय सोच भन्दा भिन्न छैन,’ अध्यक्ष नेपालले भने, ‘ससाना समाप्त पार्ने र अनेक किसिमले नियन्त्रणका तौरतरिका अपनाएर सिङ्गो देशमा तानाशाही लाद्ने कुचेष्टा गरिरहेको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले संविधान मिच्ने बानी परिसकेका व्यक्तिहरू कानुन मिच्न पनि अग्रसर भएको आरोप लगाए। 

प्रकाशित: ९ फाल्गुन २०८१ १२:४७ शुक्रबार

#KP Sharma Oli #madhab kumar nepal