राजनीति

निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिष्पर्धा गर्न नपाइने व्यवस्था गरौँ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती सेवाको खुला प्रतियोगितामा सेवाभित्रबाट प्रतिष्पर्धा गर्न नपाइने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्। 

शुक्रबार (आज) बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा महामन्त्री थापाले यस्तो प्रस्ताव गरेका हुन्।

उनले भने, ‘खुला प्रतियोगिताका लागि १०, अन्तरतहबाट २०, आन्तरिक प्रतियोगिताबाट २० र बढुवाद्वारा ५० प्रस्ताव गरेको छु। खुला प्रतियोगितामा सेवा भित्रबाट प्रतिष्पर्धा गर्न नपाउने। त्यसमा पनि ४० प्रतिशत फ्रेस र ६० प्रतिशत निजामतीभन्दा बाहिरको गैरनिजामती सेवा, निजी क्षेत्र, गैरसरकारी सेवा रहेका मान्छेहरू चाहिँ आउन पाउने। यसमा डाइभरसिटी आओस् भनेर यसो गरिएको हो यसमा लिमिट नगरौँ भनेर प्रस्ताव गरेको छु।’  

यसबाट सरकारी सेवामा विविधता आउने उनको जिकिर छ ।

प्रकाशित: २ फाल्गुन २०८१ १६:३२ शुक्रबार

#gaganthapa #NagarikNews