राजनीति

सांसद भोटेले मागे संसद्‌मा 'गुहार'!

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद छिरिङ डम्डुल लामा भोटेले संसद्‌मै 'गुहार' मागेका छन्।

मङ्गलबार (आज) जारी बैठकमा उनले सरकारको आलोचनमा गुहार मागेका हुन्।

'गुहार, गुहार, गुहार! कहिले संसदीय समितिमा विचाराधीन विधेयक लुटेको छ। कहिले सार्वभौम सदनको अधिकार खोसेको छ। कहिले देशलाई १८ घण्टे लोडसेडिङबाट मुक्त गराउने कुलमान घिसिङको अधिकार खोस्न न्वारनदेखिको बल लगाएको छ। कहिले धर्म, मर्म र आदिवासी जनजातिले मान्दै आएको मुक्कुम्लुङ लुट्न मच्चिएको छ,' उनले भने।

उनले 'रोम जलिरहेको, निरो बाँसुरी बजाइरहेको' उल्लेख गर्दै भने, 'जताजतै गाउँबस्ती जिरहेको छ। वनजङ्गल जलिरहेको छ। सिंहदरबार जलिरहेको छ। गुहार, गुहार, गुहार!'

प्रकाशित: २९ माघ २०८१ १४:१६ मंगलबार

#parliament