राजनीति

बिडारीको आरोप- सरकार स्वार्थ अन्धाका मतियार भयो

नेकपा (माओवादी केन्द्र)का नेता राम नारायण बिडारीले सरकार स्वार्थ अन्धाका मतियार भएको आरोपित गरेका छन्।

'यो सरकार स्वार्थ अन्धाका मतियार भएको सत्य हो। राष्ट्रिय पुँजीपतिलाई बेइजत गर्ने र दलाल पुँजीपति पोस्ने काम सरकार गर्दैछ,' बिडारीले फेसबूकमा लेखेका छन्।

अगाडि उनी भन्छन्, 'देशका सबै भ्रष्टाचार र ठगी अर्थात् सार्वजनिक र जनताको सम्पत्तिमा सोझै वा घुमाएर गर्ने आर्थिक अपराधका आरोपी जुनसुकै दल र पदका भए पनि आफ्नो स्वार्थलाई सोचेर हिमचिम गर्न हुँदैन।'

ठग र भ्रष्टाचारी बचाउन लाग्नु पनि जनतालाई धोका र अपराधी संरक्षण हुन जाने उनले बताएका छन्।

प्रकाशित: २५ माघ २०८१ ०७:४२ शुक्रबार

#Ram Narayan Bidari