राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

आज प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।

बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति  सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची छ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयक, २०८०’ छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसैगरी बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्र (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रकाशित: २५ माघ २०८१ ०७:३२ शुक्रबार

#Pratinidhi Sabha