राजनीति

जसपा कार्यदलले अध्यादेश अध्ययन प्रतिवेदन पार्टीलाई बुझायो

जनता समाजवादी पार्टी (जसपा) नेपालले गठन गरेको अध्यादेश अध्ययन कार्यदलले पार्टीलाई प्रतिवेदन बुझाएको छ।

पार्टी उपाध्यक्ष राजकिशोर यादव संयोजक रहेको कार्यदलले बिहीबार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई  अध्यादेशबारेकाे प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनमा उल्लेख भएका कुराहरु भने अहिले बताउन नमिल्ने जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले बताए।

प्रकाशित: २४ माघ २०८१ १३:२४ बिहीबार

#jasapa nepal