संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले बिहीबार (भोलि) संसद्मा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन गरेका छन्।
भोलि ६ अध्यादेश संसद्मा टेबुल हुँदैछ। त्यसैले दलहरूले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुनका लागि निर्देशन गरेका हुन्।
सत्तारूढ दल नेकपा (एमाले) की प्रमुख सचेतक (राष्ट्रियसभा) भवगती नेउपानेले नागरिकलाई बताएअनुसार अरु दलहरूले पनि आफ्ना सांसदहरूलाई सोही निर्देशन दिएका छन्। 'ह्वीप वा निर्देशन जारी गर्ने प्रमुख सचेतकले हो। मैले पनि गरेकी छु। हाम्रो ह्वाट्सएप ग्रूप छ, त्यहाँ पनि निर्देशन गरेकी छु। पर्सनल्ली फोन पनि गरेकी छु। अरु दलहरूले पनि गरेका छन्।'
दलहरूले काठमाडौं बाहिर रहेका आफ्ना सांसदहरूलाई बुधबार (आज) बेलुकी वा बिहीबार बिहानसम्म कसैगरी काठमाडौं आइपुग्न निर्देशन गरेका छन्।
राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्ष दुबैतिर उस्तै संख्या छ। यस्तो अवस्थामा अध्यादेश निर्णयार्थ पेस गर्न लागिएकाले दलहरूले आ-आफ्ना दलका सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका हुन्।
राष्ट्रिय सभामा जनता समाजवादी पार्टी, नेपाल निर्णायक अवस्थामा छ। तत् सम्बन्धमा उसले निर्णय लिइसकेको छैन।
प्रकाशित: २३ माघ २०८१ १७:३५ बुधबार