राजनीति

नेकपा एसका नेता भित्र्याउँदै दाहालले भने: माधव जीसँग पनि एकताको आधार बन्दैछ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको आधार बनिरहेको दाबी गरेका छन्। शनिवार चितवनमा पार्टी आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै दाहालले यस्तो दाबी गरेका हुन्। 

चितवनमा दाहालले नेकपा एसका केही नेतालाई माओवादी केन्द्रमा भित्र्याएका थिए। नेकपा एसका नेता माओवादीमा प्रवेश गराउँदा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल नरिसाउने दाबी गर्दै उनले एकताको वातावरण बनेकाे दाबी गरेका थिए। 

‘यो प्रवेशले माधवजीसँगको सम्बन्धलाई कुनै असर पर्नेछैन। उहाँहरूलाई भित्र्याउन मेरो कुनै भूमिका छैन। चितवनकै साथीहरूको भूमिका छ,’ दाहालले भने,‘अहिले माधव जी र हामी मिलेर अहिले हामीले समाजवादी मोर्चामा नयाँ ढंगले काम गर्न खोजिरहेका छौँ। अहिलेको पार्टी प्रवेशले माओवादी र नेकपा एसबीचको पार्टी एकताको आधार बन्दैछ भन्ने मेरो बुझाइ छ।’

प्रकाशित: १९ माघ २०८१ १४:१७ शनिबार

#Puspa Kamal Dahal #madhab kumar nepal