राजनीति

आठ दलीय मोर्चाको दस्ताबेज बनाउने कार्यदलको निर्णय

आठ दलीय मोर्चाको कार्यदल स्तरीय बैठकले अगामी कार्यको निम्ति दस्ताबेज बनाउने निर्णय गरेकाे छ।

शुक्रबार लोसपा नेपालको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको हो।

मोर्चाको नाम, अवधारणा, एजेन्डा र आचारसंहिता लेखनको निम्ति सदस्यहरुलाई भनिएको छ। छिट्टै दस्ताबेजको ड्राफ्ट तयार गरी कार्यदलको अर्को बैठक गर्ने निर्णय पनि बैठकले गरेको छ। 

प्रकाशित: १८ माघ २०८१ १७:५८ शुक्रबार

#Madhes Party #Morcha