राजनीति

शेखर भन्छन्- संविधान हतारमा बनायौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान हतारमा बनाइएको बताएका छन्।

विराटनगरमा बिहीबार नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन र नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले आयोजना गरेको 'संविधान संशोधन, आवश्यकता र चुनौती' विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘धेरै कुराहरू संविधानमा संशोधन गर्नुपर्ने छ। हतारमा संविधान बनायौँ। सरी फर द्‍याट। म तपाईंहरूसँग क्षमा माग्छु। म पनि ड्राफ्टिङ कमिटीको मान्छे भएकोले क्षमा माग्न त पाइन्छ,’ उनले भने।

उनले संविधान जारी गर्नुभन्दा अगाडि जनतामा गएर ल्याएको सुझावको पोका अहिलेसम्म नखुलेको भन्दै असन्तुष्टि जनाए। ‘त्यो सुझावको पोका अहिलेसम्म खुलेको छैन। त्यहाँ हामीले सोचेकोभन्दा भिन्न विषय थिए जस्तो लाग्छ। संविधान हामीले सोचेको भन्दा भिन्न बनायौँ कि भन्ने लाग्छ,’ उनले भनेका छन्।

प्रकाशित: १७ माघ २०८१ २१:१९ बिहीबार

#shekhar koirala