राजनीति

रविप्रति महेशको कटाक्ष: धरौटीको जोर जुलुम गर्न अर्को सहकारी ठग्नुपर्ने स्थिति पो देखियो त मित्र!

नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति कटाक्ष गरेका छन्। 

उनले हिजो (आइतबार) सामाजक सञ्जालमा एक पोष्ट गर्दै अब धरौटीको जोर जुलुम गर्न पनि अर्को सहकारी ठग्नुपर्ने स्थिति देखियो भन्दै रविमाथि कटाक्ष गरेका हुन्। उनले आदेश दिने न्यायाधीशहरूले देखाएको सहानुभूतिल‍ाई धन्यवाद दिँदै लेखेका छन्, 'बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएछ। धन्यवाद छ श्रीमान् न्यायाधीश ज्यूहरू अचम्मको सदासयता देखाउनु भएको छ। अब त धरौटीको जोर जुलुम गर्न पनि अर्को सहकारी ठग्नुपर्ने स्थिति पो देखियो त मित्रलाई!' 

हिजो बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा छोड्न आदेश दिएको थियो।

प्रकाशित: १४ माघ २०८१ ०९:०७ सोमबार

#Mahesh Basnet #Rabi lamichhane